Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एकै परिवारका तीन जनाको शव फेला

    एकै परिवारका तीन जनाको शव फेला

    अनलाइन नेपाल
  • शनिबार, २२ असोज २०७९
  • 846
    SHARES

    फाइल तस्विर

    गोरखा । गोरखामा रुखमा झुन्डिएको अवस्थामा एकै परिवारका तीनजनाको शव फेला परेको छ ।

    भीमसेन थापा गाउँपालिका वडा नम्बर–६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुन्डिएको अवस्थामा आज बिहान फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।



    “सात वर्षका दुई बालकको काप्राको रुखमा झुन्डिएको अवस्था फेलापरेको छ,” उनले भने, “बुबा हेमबहादुरको शव अर्कै रुखमा भेटिएको छ ।”



    घटनाको प्रकृति हेर्दा रानाले दुई छोरालाई रुखमा झुन्ड्याएर हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ ।

    घरबाट झन्डै डेढ किलोमिटर पश्चिमदक्षिणमा छोराहरूको शव एउटै डोरीमा झुन्डिएको अवस्थामा फेलापरेको उनले बताए । हेमबहादुरको शव भने बालकहरू झुन्डिएको रुखभन्दा केही पर अर्को रुखमा फेलापरेको प्रहरीले जनाएको छ ।

    घटनास्थलमा अहिले प्रहरीको टोली पुगेर अनुसन्धान सुरु गरेको उनले बताए । “घटना कसरी घट्यो भनेर खुल्न बाँकी नै छ,” उनले भने, “शवको मुचुल्का उठाउनका लागि प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ । तीनैजनाको शव पोस्टमार्टमका लागि गोरखा अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।”

    बिहान स्थानीयले रुखमा मान्छे झुन्डिएको देखेपछि घटनाका बारेमा जानकारी पाएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिए । मृतक राना डेढ महिनाअघि मात्र श्रीमतीसँग सम्बन्धविच्छेद गरेर बसेका थिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार