Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नागरिकता विधेयकलाई रोक्ने राष्ट्रपतिको कदम असंवैधानिक हो : गृहमन्त्री खाँण

    नागरिकता विधेयकलाई रोक्ने राष्ट्रपतिको कदम असंवैधानिक हो : गृहमन्त्री खाँण

    अनलाइन नेपाल
  • मंगलबार, २५ असोज २०७९
  • 600
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई रोक्ने राष्ट्रपतिको कदम असंवैधानिक भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघको वार्षिक साधारणसभामा बोल्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।

    उनले राष्ट्रपति विद्या भण्डारीले संविधानविपरीत गएर नागरिकता विधेयक प्रमाणीकरण नगरेका कारण गैरआवासीय नेपालीहरुलाई पनि नागरिकता दिने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न नसकिएको उल्लेख गरे ।



    राष्ट्रपतिको सो गैरसंवैधानिक कामको विरोध गरेर सो नागरिकता विधेयक प्रमाणीकरणका लागि दबाब दिन पनि गैरआवासीय नेपालीहरुलाई उनले अनुरोध गरे ।



    उनले नागरिकताविहीन नेपाली नागरिकहरुलाई नागरिकता दिन संविधान संशोधन गर्नुपर्ने भएकाले सत्तारुढ गठबन्धनलाई दुईतिहाइ बहुमत आवश्यक रहेको बताए ।

    आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई दुईतिहाइ बहुमत दिन उनले आममतदातालाई आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार