Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित

    दीपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित

    अनलाइन नेपाल
  • बुधबार, २६ असोज २०७९
  • 906
    SHARES

    मनाङ । मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट राजीब गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित भएका छन् ।

    गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री मनाङेसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उमेदवार दोर्जेलामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएपछि मनाङे निर्विरोध निर्वाचित भएका हुन् ।



    मनाङेले निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका थिए । औपचारिक घोषणा भने हुन बाँकी छ ।



    गुरुङले निर्वाचन कार्यालयमा बिहान १० बजे आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ ।

    निर्वाचन कार्यालयले औपचारिक रूपमा दिउँसो ३ बजे उनको उमेदवारी फिर्ता भएको सूचना निकाल्नेछ । उनको उमेदवारी फिर्तासँगै मनाङे गण्डकी प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार