Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्लाटिनम प्रकरणः रिसिबी साँध्न दरबारमार्गबाट पछ्याएर सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार

    प्लाटिनम प्रकरणः रिसिबी साँध्न दरबारमार्गबाट पछ्याएर सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार

    अनलाइन नेपाल
  • बिहिबार, २७ असोज २०७९
  • 891
    SHARES

    काठमाडौं । दरबारमार्ग स्थित प्लाटिनम क्लबका दुईजना बाउन्सर ‘योजनाबद्ध’ खुकुरी प्रहार गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    मंगलबार बिहान ४ बजेतिर क्लबको ड्युटी सकेर फर्किएका बाउन्सरलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेर सार्वजनिक हो ।



    पक्राउ पर्नेहरुमा दोलखा शैलुङ गाउँपालिका-२ घर भई काठमाडौं बौद्ध बस्ने २९ वर्षीय बिनोद तामाङ र सोही ठाउँ बस्ने ३३ वर्षीय जीवन तामाङ रहेका छन्।



    त्यसैगरी पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे वडा ८ का दोर्जे शेर्पा, सिन्धुपाल्चोक मेलम्ची वडा १० का राजेन्द्र खत्री, रामेछाप गोकुलगंगा-२ का विकास श्रेष्ठ, दोलखा मेलुङ- ३ का प्रदीप तामाङ, काभ्रे रोशी- ८ का दिपेन लामा र काठमाडौं चबहिलका करण डंगोल रहेका छन्।

    उनिहरुले बाउन्‍सर निकेत राई र तेन्जुङ शेर्पालाई ४ वटा मोटरसाइकलमा सवार ८ जनाले काठमाडौं महानगरपालिका २६ गल्कोपाखास्थित हनुमान चोक नजिक खुकुरी प्रहार गरी फरार भएका थिए ।

    भदौ २२ मा क्लबमा बाउन्सरसँग झगडाको भएको र रिसिबी साँध्न असोज २५ गते हनुमान थानमा बाउन्सरमाथि हत्या गर्ने योजनासहित खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।

    घटनामा प्रयोग गरिएको दुई थान खुकुरी र दुईवटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार