Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रहरीलाई विज्ञान र प्रविधिमा जोड दिन गृहमन्त्री खाँणको आग्रह

    प्रहरीलाई विज्ञान र प्रविधिमा जोड दिन गृहमन्त्री खाँणको आग्रह

    अनलाइन नेपाल
  • सोमबार, ३१ असोज २०७९
  • 849
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले संसारभर अपराधका नयाँ आयाम थपिएको भन्दै प्रहरीलाई विज्ञान र प्रविधिमा जोड दिन आग्रह गरेका छन्।

    ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन्।



    गृहमन्त्री खाँणले भने, ‘नयाँ विज्ञानको प्रयोग अपराधीले पनि प्रयोग गरिरएको अवस्था छ। सुरक्षाकर्मीहरुले अपराध नियन्त्रणमा प्रयोग गर्दै आउनुभएको छ। चनाखो रहनुस्।’



    प्रहरी दिवसको अवसरमा शुभकामना दिँदै गृहमन्त्री खाँणले नेपालमा नै अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्र निर्माण गरेर अघि बढिएको उल्लेख गरे।

    नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्ने क्रममा नेपाल सरकार र गृह मन्त्रालय सधैं अघि बढ्ने उनले प्रतिवद्धता जनाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार