Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • उपचुनावमा इमरान खान बहुमत सिट जित्न सफल

    उपचुनावमा इमरान खान बहुमत सिट जित्न सफल

    अनलाइन नेपाल
  • सोमबार, ३१ असोज २०७९
  • 690
    SHARES

    एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आइतबार उपनिर्वाचनमा बहुमत सिट जित्न सफल भएका छन् ।

    यसबाट छ महिने सरकारलाई तोकिएको मितिभन्दा अगावै आम निर्वाचन गर्नका लागि दबाब दिने उनको अभियानलाई थप गति प्राप्त भएको छ ।



    पाकिस्तानको निर्वाचन आयोगका अनुसार खानले आठमध्ये सात सिटका लागि प्रतिस्पर्धा गरेकोमा छ सिट जित्न सफल भएका हुन् ।



    सत्तारूढ गठबन्धन सरकारका सदस्यको रूपमा रहेको पाकिस्तान पिपुल्स पार्टीले बाँकी दुई सिट जितेको छ । पुनः निर्वाचनका लागि पूर्वप्रधानमन्त्री खानले एक बाहेक सम्पूर्ण सिटबाट राजीनामा दिनुपर्ने हुन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार