Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रुसमा सैन्य विमान दुर्घटना : ६ जनाको मृत्यु, डेढ दर्जन बढी घाइते

    रुसमा सैन्य विमान दुर्घटना : ६ जनाको मृत्यु, डेढ दर्जन बढी घाइते

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसको एउटा सुपरसोनिक सैन्य विमान दक्षिण शहर यस्कको बस्ती क्षेत्रमा दुर्घटना भएको छ । सो दुर्घटनामा करिब ६ जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा परी डेढ दर्जन बढी घाइते भएका छन् भने ६ जना वेपत्ता भएको जनाइएको छ । युक्रेनको मारियुपोल शहर नजिकै पर्ने यस्क शहरको बस्तीको एउटा अपार्टमेन्टमा दुर्घटनापछि आगो लागेको र नजिकैको विद्यालय खाली गराइएको छ ।



    विमानका पाइलटले भने दुर्घटना अघि हाम्फालेका थिए । तर पाइलट पनि घाइते भएको र प्यारासुटसँगै भुइँमा लडेका उनलाई स्थानीयले उद्धार गरेको भिडियो सामाजिक सञ्जालमा आएको छ ।



    रुसी रक्षा मन्त्रालयले तालिमका रहेको विमान उड्ने वित्तिकै एउटा इन्जिनमा आगो लागेका कारण दुर्घटना भएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार