Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गृहमन्त्री खाँणले भने – विकल्पविना सुकुम्बासीका घरटहरा भत्काउन हुन्न

    गृहमन्त्री खाँणले भने – विकल्पविना सुकुम्बासीका घरटहरा भत्काउन हुन्न

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 555
    SHARES

    रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले विकल्प र व्यवस्थापनविना सुकुम्बासीका घर टहरा भत्काउन नहुने बताएका छन् ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाँणले बुटवल उपमहानगरपालिका-१६ मा चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै सुकुम्बासीहरूलाई विकल्प दिएर मात्रै सार्नुपर्ने बताएका हुन्।



    खाँणले भने, ‘उनीहरूलाई बसोबास गरेको स्थानबाट सार्नै पर्ने अवस्था आएमा उपयुक्त विकल्प दिएर, त्यो विकल्पमा व्यवस्थापन गरेर मात्रै सार्नुपर्छ।’



    उनले आफूले गृह प्रशासनलाई घर, टहरा भत्काउने अन्य सरकारी निकायको कार्यमा सहभागी नहुन निर्देशन दिइसकेको बताए।

    गृहमन्त्री खाँणले इतिहास र भूमिका नभएका राजनीतिक दल र ती दलमा आवद्ध नेताबारे टिकाटिप्पणी गर्नुको औचित्य नभएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार