Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • युक्रेनका ऊर्जा केन्द्रमा रुसी आक्रमण, अधिकांश भागमा पानी र बिजुली आपूर्ति ठप्प

    युक्रेनका ऊर्जा केन्द्रमा रुसी आक्रमण, अधिकांश भागमा पानी र बिजुली आपूर्ति ठप्प

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 642
    SHARES

    एजेन्सी । रुसी सेनाले युक्रेनका ऊर्जा केन्द्रलाई निसाना बनाएर आक्रमण तीव्र बनाएको छ ।

    रुसी फौजले पुनः युक्रेनका ऊर्जा निकायहरू लक्षित आक्रमण गरेपछि राजधानी किभका केही भागलगायत अन्य थुप्रै सहरमा पानी र विद्युत्को आपूर्ति रोकिएको छ ।



    पछिल्ला केही दिनदेखि रुसले विद्युत् गृह, सबस्टेशन, प्रसारण लाइन, थर्मल प्लान्ट लगायतलाई लक्षित गरेर आक्रमण गरिरहेको युक्रेनका राष्ट्रपतिको कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले बताए ।



    अहिले राजधानी किभ र अन्य थुप्रै सहरमा बिजुली र खानेपानीको अभाव रहेको खबरमा उल्लेख छ ।

    राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पछिल्ला आठ दिनमा देशका ३० वटा ऊर्जा केन्द्रमा आक्रमण भएको र अवस्था नाजुक रहेको बताए । उनले नागरिकलाई ऊर्जाको खपत निकै कम गर्न र पानी बचाउन आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार