Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • उम्मेदवारको खर्च सीमा कहाँसम्म ?

    उम्मेदवारको खर्च सीमा कहाँसम्म ?

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 561
    SHARES

    काठमाडौं । उम्मेदवारले निर्वाचनमा गर्ने खर्च सीमा तोकिएको छ । निर्वाचनमा मनपर्दी खर्च हुने र त्यसले मतदाता प्रभावित हुन सक्ने भन्दै आयोगले खर्च सीमा तोकेको हो ।

    ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने सीमा र क्षेत्र तोकिएको निर्वाचन आयोगले जनाएको छ ।



    आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४, प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४, निर्वाचन आचारसंहिता २०७९ तथा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को प्रतिकूल नहुनेगरी उम्मेदवारले गर्न पाउने खर्च शीर्षक तोकेको हो ।



    जसअनुसार उम्मेदवारले मतदाता नामावली खरिद, प्रचारप्रसार सामग्री, गोष्ठी अन्तर्क्रिया, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन, सवारीसाधन, ढुवानी र अन्य प्रचारप्रसारका शीर्षकमा आयोगले तय गरेको सीमाभित्र रहेर खर्च गर्न पाउनेछन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार