Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पशुपतिको धर्मशालामा मापदण्ड विपरीतका संरचना ३५ दिनभित्र हटाउन ‘अल्टिमेटम’

    पशुपतिको धर्मशालामा मापदण्ड विपरीतका संरचना ३५ दिनभित्र हटाउन ‘अल्टिमेटम’

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 771
    SHARES

    काठमाडौं । काठमाडौंस्थित गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउनुपर्ने भएको छ ।

    पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समिति नेपाल, गौशाला धर्मशाला सञ्चालक समितिको नाममा शुक्रवार सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन निर्देशन दिएको हो ।



    ३५ दिनभित्रमा संरचना नहटाएमा कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने समेत कोषले बताएको छ ।



    कोषले गौशाला धर्मशाला सञ्चालन उद्देश्य अनुसार नभएको, विशुद्ध रूपमा गौपालन, नन्दी सेवा तथा तीर्थयात्रीहरूलाई धर्मशाला सञ्चालन मात्रै गरेको हुनुपर्नेमा सम्झौता विपरित काम भएको पाइएको समेत जनाएको छ ।

    ३५ दिनभित्र मापदण्ड विपरीतका संरचना नहटाए कोले नियमअनुसार कारबाही गरिने कोषले चेतावनी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार