Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पशुपति क्षेत्र विकास कोषको जग्गा खोजी गर्न पाँच सदस्यीय समिति गठन

    पशुपति क्षेत्र विकास कोषको जग्गा खोजी गर्न पाँच सदस्यीय समिति गठन

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 489
    SHARES

    काठमाडौं । सरकारले पशुपति क्षेत्र विकास कोषको जग्गा खोजी गर्न पूर्वसचिव दामोदर रेग्मीको नेतृत्वमा समिति गठन गरेको छ ।

    संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत कोषको नाममा देशभर रहेको जग्गा खोजी गर्न पाँच सदस्यीय समिति गठन गरेको हो ।



    समितिको सदस्यमा पूर्वसहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल, मन्त्रालयका उपसचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव राजु केसी छन् ।



    विभिन्न दाताहरूले दान गरेको जग्गा पछिल्लो समय व्यक्तिले हडप्ने क्रम बढेको देखिएपछि समिति बनाइएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार