Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पशुपतिमा आरतीको कपीराइटसम्बन्धी ​बुढासुब्बाको सूचनाप्रति कोषको आपत्ति​​​

    पशुपतिमा आरतीको कपीराइटसम्बन्धी ​बुढासुब्बाको सूचनाप्रति कोषको आपत्ति​​​

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 771
    SHARES

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा गंगा आरति र दिप प्रज्वलनको भिडिओ खिच्न नपाइने भन्ने सूचना आफ्नो नरहेको स्पष्ट पारेको छ।

    कोष सञ्चालक परिषद्‌का कार्यकारी निर्देशक लक्ष्मी पुनले आज एक सूचना प्रकाशित गर्नु भई बुढासुब्बा डिजिटल प्रालीद्वारा प्रकाशित उक्त सूचनामा कोषको गम्भीर ध्यानाकर्षण भएको बताएकी हुन् ।



    बिहीबार बुढासुब्बा डिजिटल प्रालि र पशुपति क्षेत्र विकास कोषको लोगोसहित जारी एक सूचनामा सो क्षेत्रमा खिचिएको भिडिओ व्यवसायिक प्रयोजनका लागि प्रयोग भएको थाहा पाइएमा कारबाही हुने चेतावनी दिइएको थियो ।



    उक्त सूचनामा कोषको लोगो र नामसमेत राखिएकोमा कोषको असहमति जनाएको छ । प्रकाशित सूचनामा कोषको कुनै पनि संलग्नता नरहेको कोषद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार