Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पशुपतिको जलहरी प्रकरण : सदस्य सचिव थापासँग ३ लाख धरौटी माग

    पशुपतिको जलहरी प्रकरण : सदस्य सचिव थापासँग ३ लाख धरौटी माग

    अनलाइन नेपाल
  • मंगलबार, २ माघ २०८०
  • 510
    SHARES

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापा ३ लाख धरौटीमा छुटेका छन्।

    पशुपतिमा सुनको जलहरी हाल्दा भ्रष्टाचार भएको मुद्दामा तत्कालीन कोषाध्यक्ष थापा ३ लाख धरौटीमा छुटेका हुन्।



    अख्तियारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको भनी कोषका सदस्य सचिव थापा सहित अघिल्ला सदस्य सचिव डा.प्रदिप ढकाल र अरुण श्रेष्ठ विरुद्ध १ करोड १७ लाख रुपैयाँ विगो मागदाबी गरी विशेष अदालतमा मुद्दा चलाएको थियो।



    विशेष अदालतका सदस्यहरु डा खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले डेढ किलो सुन हिनामिना गरेको आरोप लागेका तत्कालिन कोषाध्यक्ष समेत रहेका थापासँग ३ लाख रुपैयाँ धरौटी मागेको हो ।

    अख्तियारले थापासँगै तत्कालीन सदस्यसचिव प्रदिप ढकाल र स्टोरकिपर अरूणकुमार श्रेष्ठविरूद्ध मुद्दा दायर गरेको थियो। एक करोड १७ लाख १ हजार ७२१ रुपैयाँ बिगो मागदाबी गरी उक्त मुद्दा असोज १४ गते दर्ता भएको थियो।

    मुद्दा दर्ता भएयता फरार रहेका थापा पुस २५ गते विशेष अदालतमा हाजिर भएका थिए। त्यसदिन विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले ३ लाख धरौटीमा छाडेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार