Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पशुपतिनाथ मन्दिर परिसरमा मासु र मदिरा बिक्रीमा रोक

    पशुपतिनाथ मन्दिर परिसरमा मासु र मदिरा बिक्रीमा रोक

    अनलाइन नेपाल
  • बिहिबार, २१ मंसिर २०८०
  • 486
    SHARES

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले एक सातका लागि पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा बिहीबारदेखि मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको छ ।

    यही मंसिर २५ गते पर्ने बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले मासु तथा मदिरा भण्डारण र सेवन गर्न रोक लगाएको हो ।



    गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यही मंसिर २७ गतेसम्म मासु तथा मदिरा उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवनमा पूर्णरुपमा रोक लगाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।



    उक्त सूचनाको बर्खिलाप हुने गरी कुनै कामभएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने कोषले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार