Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लुम्बिनीका २६ वटै निर्वाचन क्षेत्र गठबन्धनले जित्ने गृहमन्त्री खाँणको दावी

    लुम्बिनीका २६ वटै निर्वाचन क्षेत्र गठबन्धनले जित्ने गृहमन्त्री खाँणको दावी

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 630
    SHARES

    बुटवल । गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले लुम्बिनी प्रदेशका २६ वटै निर्वाचन क्षेत्र गठबन्धनले जित्ने दावी गरेका छन् ।

    पाँच दलीय सत्ता गठबन्धनले शुक्रबार बुटवलमा भएको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले यस्तो बताएका हुन् । खाँणले  नेपाली जनताको जीवनमा खुशी ल्याउन, परिवर्तन गर्न तथा देशभित्रै रोजगारी सिर्जना गर्न गठबन्धन सक्षम हुने समेत बताए ।



    उनले राष्ट्र निर्माणको प्रयत्न अनुसार नै गठबन्धन बनेको बन्दै मुलुकको राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर गठबन्धनलाई सफल बनाउनैपर्ने आवश्यकता रहेको बताए ।



    उनले प्रतिगामीहरुको षडयन्त्रबाट सतर्क रहनुपर्ने भन्दै लुम्बिनीका २६ वटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारहरूले विजय प्राप्त गर्नेमा विश्वास व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार