Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • इमरान खान पाँच वर्षसम्म चुनाव लड्न नपाउने

    इमरान खान पाँच वर्षसम्म चुनाव लड्न नपाउने

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 789
    SHARES

    एजेन्सी । पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्षसम्म चुनाव लड्न अयोग्य घोषणा गरेको छ ।

    आयोगले सम्पत्ति विवरण सार्वजनिक गर्दा स्रोत नखुलाएको र सरकारमा हुँदा प्राप्त गरेको उपहार विक्री गर्दा पाएको रकमको जानकारी नगराएको भन्दै अयोग्य घोषणा गरेको हो ।



    प्रधानमन्त्री शेहबाज सरिफले आफूअघि शासनमा रहेका खानले सरकारको १४ करोड पाकिस्तानी रुपैयाँ बराबरको उपहार दुबईमा बेचेको बताएका थिए ।



    आयोगले गरेको फैसला अनुसार गलत बयान दिएको आरोपमा इमरानमाथि कारबाही सुरु हुने छ । पूर्व क्रिकेट कप्तानसमेत रहेका इमरान क्रिकेटबाट सन्यास लिएपछि राजनीतिमा लागेका थिए ।

    पाकिस्तान तहरिक ए इन्साफका अध्यक्ष रहेका उनी अगस्ट २०१८ देखि अप्रिल २०२२ सम्म पाकिस्तानको प्रधानमन्त्री बनेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार