Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बेलायतको प्रधानमन्त्री ऋषि सुनक हुने सम्भावना बलियो

    बेलायतको प्रधानमन्त्री ऋषि सुनक हुने सम्भावना बलियो

    अनलाइन नेपाल
  • सोमबार, ७ कार्तिक २०७९
  • 948
    SHARES

    एजेन्सी । बेलायतको सत्तारूढ दल कन्जर्भेटिभका नेता ऋषि सुनक देशको प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ ।

    प्रधानमन्त्री पदको दौडमा रहेका बोरिस जोनसनले मैदान छोडेपछि सुनकलाई चुनौती दिने पेन्नी मोर्डन्ट मात्र हुन् ।



    तर प्रधानमन्त्री पदमा लड्नका लागि आवश्यक १०० सांसदको समर्थन मोर्डन्टले पाउने खासै सम्भावना देखिएको छैन । अहिलेसम्म जम्मा २० सांसदले उनलाई समर्थन गरेका छन् ।



    बेलायती समयअनुसार अपराह्न २ बजेसम्म मोर्डन्टले १०० सांसदको समर्थन हासिल गरिसक्नुपर्नेछ । आइतवार बिहान प्रधानमन्त्री पदका लागि औपचारिक अभियान थालेका सुनकसँग १५० भन्दा बढी सांसदको समर्थन छ ।

    अनि जोनसन दौडबाट बाहिरिएपछि सुनकको पक्षमा थप सांसदहरू खुलेका छन् । १०० सांसदको समर्थन पाउने एक मात्र उम्मेदवार सिधै प्रधानमन्त्री बन्न पाउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार