Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • आप्रवासी कानुनमा कडाइ गर्दै बेलायत, शरणका लागि निवेदन दिन नपाइने

    आप्रवासी कानुनमा कडाइ गर्दै बेलायत, शरणका लागि निवेदन दिन नपाइने

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 534
    SHARES

    एजेन्सी । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देश प्रवेश गर्ने अवैध आप्रवासीलाई चेतावनी दिँदै उनीहरूले शरणका लागि निवेदन दिन नसक्ने बताएका छन्।

    बेलायतले युरोपबाट आफ्नो सिमाना पार गर्ने आप्रवासीको निरन्तर दबाब सामना गरिरहेको वेला प्रधानमन्त्री सुनकले यस्तो कडा टिप्पणी गरेका हुन्।



    फ्रान्स हुँदै ब्रिटिस च्यानल पार गरेर बेलायत छिर्नेहरुप्रति लक्षित गर्दै उनले गैरकानुनी रुपमा बेलायत छिरेर शरण पाउने अपेक्षा नगर्न प्रष्ट पारेका छन् ।



    सन् २०१८ मा वार्षिक तीन हजार व्यक्ति डुंगाबाट बेलायत छिरेकोमा पछिल्लो समय उक्त संख्या वार्षिक १८ हजार पुगेको छ ।

    अवैध आप्रवासी रोक्ने एजेण्डालाई प्रमुख मुद्दा बनाएका प्रधानमन्त्री सुनकले गृहमन्त्री सुएला ब्राभरम्यानलाई आप्रवासी सम्बन्धि नयाँ विधेयक पेश गर्न पनि भनेका छन् ।

    लामो समयदेखि फ्रान्सबाट जोखिमपूर्ण बाटो भएर बेलायत पुग्ने शरणार्थीको संख्या बढ्दै गएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार