Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • प्रधानमन्त्री भएपछि ऋषि सुनकको पहिलो सम्बोधन,भने – लिज ट्रसबाट भएका गल्तीहरू सुधार्छौँ

    प्रधानमन्त्री भएपछि ऋषि सुनकको पहिलो सम्बोधन,भने – लिज ट्रसबाट भएका गल्तीहरू सुधार्छौँ

    अनलाइन नेपाल
  • मंगलबार, ८ कार्तिक २०७९
  • 861
    SHARES

    काठमाडौं । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीका नवनियुक्त नेता ऋषि सुनकले बकिङ्घम दरबारमा राजा चाल्स तृतीयसँग भेटपछि औपचारिक रूपमा प्रधानमन्त्री बनेका छन् ।

    बेलायतको प्रधानमन्त्री आवास टेन डाउनिङ स्ट्रिटबाट सुनकले प्रधानमन्त्रीका रूपमा देशलाई पहिलो सम्बोधन गरेका हुन् । सम्बोधनको सुरुवातमा सुनकले आफूले राजालाई भेट्न आएको र उनले आफूलाई नयाँ सरकार बनाउन आग्रह गरेको सुनाएका थिए ।



    सम्बोधनका क्रममा सुनकले भने, ‘तपाईँहरूलाई थाहा छ, हाम्रो अर्थतन्त्र अहिले कठिन चरणबाट गुज्रिरहेको छ । कोभिडका कारण पहिलेदेखि नै समस्या थियो, पुटिनले युक्रेनमा आक्रमण गरेर स्थितिमा थप खराब बनाइदिए ।



    पूर्वप्रधानमन्त्री लिज ट्रस स्थिति सुधार्न चाहन्थिन्, तर उनले यसतर्फ अथक प्रयास पनि गरिन् तर गल्ती भए । अब हामी तिनलाई सुधार्नेछौँ ।’

    सुनकले ब्रिटिस राजासँग भेट्नुअघि पूर्वप्रधानमन्त्री लिज ट्रसले राजदरबार पुगेर राजा चाल्र्स तृतीयलाई भेटेर राजीनामा बुझाएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार