Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • युक्रेनी राष्ट्रपतिलाई सघाउने ऋषि सुनकको आश्वासन

    युक्रेनी राष्ट्रपतिलाई सघाउने ऋषि सुनकको आश्वासन

    अनलाइन नेपाल
  • बुधबार, ९ कार्तिक २०७९
  • 894
    SHARES

    एजेन्सी । बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलीफोन वार्ता गरेका छन् ।

    वार्ताका क्रममा उनले युक्रेनी जनताप्रति बेलायतको ऐक्यबद्धता एवम् समर्थन रहेको बताएका हुन् ।



    युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग कुरा गर्न पाउनु विशेषाधिकार भएको बताउँदै प्रधानमन्त्री सुनकले युक्रेनी राष्ट्रपति र जनताप्रति बेलाइतको निरन्तर साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।



    उनले सधै युक्रेनको साथमा बेलायत रहेको स्पष्ट गरे ।

    कुराकानीका क्रममा प्रधानमन्त्री सुनकले युक्रेनको स्वतन्त्रताको पक्षधर बेलायत किएभको आजीवन मित्र बन्ने र युक्रेनलाई समृद्ध एवम् अग्रगामी देशको रूपमा पुनर्निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार