Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पाकिस्तानी पत्रकार शरिफको केन्यामा गोली हानी हत्या

    पाकिस्तानी पत्रकार शरिफको केन्यामा गोली हानी हत्या

    अनलाइन नेपाल
  • सोमबार, ७ कार्तिक २०७९
  • 819
    SHARES

    एजेन्सी । एकजना पाकिस्तानी पत्रकार अफ्रिकी मुलुक केन्यामा मारिएका छन् ।

    पाकिस्तानी सेना र राजनीतिक संस्थापनका प्रखर आलोचक एवम् पूर्वप्रधानमन्त्री इमरान खानको समर्थक मानिने पत्रकार अर्शद शरिफको केन्यामा गोली हानी हत्या भएको हो ।



    केन्याको राजधानी नैरोबी नजिकै रहेको काजिआदो क्षेत्रमा उनी मारिएको जनाइएको छ । सवारीमा यात्रा गरिरहेका बेला प्रहरीले जाँच गरिरहेको स्थानमा उनलाई प्रहरीले गोली हानेको बताइएको छ ।



    उनी चढेको गाडी प्रहरीले जाँच गरिरहेको स्थानमा नरोकिएपछि गोली प्रहार गरिएको केन्याको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार