Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • हेलिकप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको मृत्यु

    हेलिकप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 336
    SHARES

    एजेन्सी । केन्याको उत्तरपश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा केन्याका सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना वरिष्ठ कमाण्डरको मृत्यु भएको छ ।

    प्रमुख जनरल फ्रान्सिस ओमोन्डी ओगोलाको निधन भएको केन्याका राष्ट्रपति विलियम रुटोले घोषणा गरेका हुन् ।



    एल्गेयो माराक्वेट काउन्टीको स्थानीय प्राथमिक विद्यालयबाट उडेको हेलिकप्टर स्थानीय समयअनुसार दिउँसो २ बजेर २० मिनेटमा तल खसेको थियो ।



    राष्ट्रपतिले ओगोलाले बिहानै नैरोबी छोडेर समस्याग्रस्त क्षेत्रमा डाकुहरूसँग लड्न र चलिरहेको विद्यालय नवीकरण कार्यको निरीक्षण गर्न खटिएका सेनाहरूलाई भेट्न गएको बताए ।

    केन्या वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन उड्डयन अनुसन्धान टोली गठन गरी पठाएको छ । उनले शुक्रबारदेखि तीनदिने शोक मनाउने घोषणा पनि गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार