Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • टी-२० अन्तर्राष्ट्रिय क्रिकेट : केन्यासँग नेपाल १८ रनले पराजित

    टी-२० अन्तर्राष्ट्रिय क्रिकेट : केन्यासँग नेपाल १८ रनले पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । दोस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई केन्याले १८ रनले पराजित गरेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा बिहीबार ५ विकेटले विजयी सुरुवात गरेको नेपाल शुक्रबार केन्यासँग १८ रनले पराजित भएको हो ।

    टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले ६ बल अगावै सबै विकेट गुमाएर ११५ रन जोडेको थियो ।



    नेपालका ओपनर पवन सराफले २६ बलमा १९ रन जोड्दा आसिफ शेख ५ रन र ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए । यस्तै रोहित पौडेलले २५ बलमा २ चौकाको मद्दतमा २० रन बटुले ।



    दीपेन्द्रसिंह ऐरी ३ रनमै आउट हुँदा आदिल अनसारीले १३ बलमा १ चौका र १ छक्का हिर्काउँदै २० रन जोडे । आरिफ शेख १७औं ओभरको पाँचौ बलमा रनआउट हुँदा नेपाल दबाबमा परेको थियो। उनले रनआउट हुनुअघि २१ बलमा २५ रन जोडे। आरिफले १ चौका र १ छक्का प्रहार गरेका थिए।

    यस्तै करण ७ बलमा ६ रन जोडेर आउट भए भने कप्तान सन्दीप ८ बलमा ८ रन जोडेर आउट भए। बलिङमा केन्याका बुन्डी र लुकासले २-२ विकेट लिन सफल भए । अब नेपालले तेस्रो खेल भदौ १२ गते, चौथो खेल भदौ १३ र अन्तिम खेल भदौ १४ गते खेल्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार