Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आयरल्याण्डलाई नेपालले दियो १९९ रनको लक्ष्य

    आयरल्याण्डलाई नेपालले दियो १९९ रनको लक्ष्य

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 450
    SHARES

    काठमाडौं । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी–२० क्रिकेटमा नेपालले आयरल्याण्ड ‘ए’लाई १९९ रनको लक्ष्य दिएको छ ।

    टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रनमा जोडेको हो ।



    नेपालका लागि गुल्सन झाले ४६ रन जोडे। उनले ३२ बलमा १ चौका र ४ छक्का प्रार गरे।



    त्यसअघि ओपनरद्वय कुशल भुर्तेल १६ बलमा २ चौका र २ छक्काको मद्दतमा २५ रन र आसिफ शेख ९ बलमा १ चौका र १ छक्काको मद्दतमा ११ रनमा आउट भए।

    यस्तै आजको खेलमा मौका पाएका अनिलकुमार साहले ११ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडे।

    कप्तान रोहितकुमार पौडेलले २४ बलमा ५ चौका प्रहार गर्दै ३३ रन जोडे। आक्रामक ब्याटिङ गरेका कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३४ रन बनाए।

    अन्तिम बलमा आउट भएका सन्दीप जोराले १० बलमा २१ रन जोड्दा विवेक यादवले नटआउट ७ रन जोडे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार