Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आयरल्याण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

    आयरल्याण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

    दीपेन्द्र र ललित बेन्चमा

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 303
    SHARES

    काठमाडौं । नेपालले सोमबार खेलिने आयरल्याण्ड ‘ए’ विरुद्धको दोस्रो टी-२० क्रिकेटमा पहिले ब्याटिङ गर्ने भएको छ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको हो।



    यसअघि सोमबार खेलिएको पहिलो खेलमा नेपालले भ्रमणकारी टोली आयरल्याण्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।



    आयरल्यान्ड ‘ए’ सँग दुईवटा टी-२० खेलेर नेपाली राष्ट्रिय टोली भारतमा त्यहाँको घरेलु क्लबसँग त्रिकोणात्मक शृङ्खला खेल्न त्यसतर्फ प्रस्थान गर्नेछ।

    भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय टोलीले गुजरात र बरोडाको टोलीसँग त्रिकोणात्मक शृङ्खला खेल्नेछ ।

    त्यसपछि नेपालको ‘ए’ टोलीले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ सँग टी-२० र एकदिवसीय शृङ्खला खेल्नेछ ।

    दोस्रो टी–२० अभ्यास खेलमा आज नेपालले दुई परिवर्तन गरेको छ ।

    आयरल्यान्ड ए विरुद्ध प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर ललित नारायण राजवंशीलाई बेन्चमा राखेको छ ।

    अनिल शाह र विवेक यादवलाई भने मौका दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार