Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र हो : गृहमन्त्री खाँण

    रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र हो : गृहमन्त्री खाँण

    अनलाइन नेपाल
  • मंगलबार, ८ कार्तिक २०७९
  • 672
    SHARES

    बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा निर्माण भइसकेका र निर्माणाधीन विकासका पूर्वाधारहरुका कारण रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र बनेको बताएका छन् ।

    मन्त्री खाँणले भैरहवामा आयोजित कार्यक्रममा लुम्बिनी, बेलहिया नाका, अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज) लगायत पूर्वाधारले रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र बनेको बताएका हुन् ।



    रुपन्देहीको सेमलारमा काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी केन्द्र भन्दा ठूलो कृषि थोक बजार केन्द्र निर्माणको क्रममा रहेकाले नेपाली कृषिजन्य वस्तु विदेश निर्यात गर्न सकिने उनको भनाइ छ ।



    खाँणले विदेशबाट हवाई मार्ग हुँदै ल्याउनुुपर्ने मालसामान गौतमबुद्ध विमानस्थलमै ल्याउने र विदेश निर्यात गर्ने सामान पनि यही विमानस्थलबाट पठाउने वातावरण बनेको पनि बताए ।

    यसकारण हजारौं रोजगारीका अवसर आउने र रोजगारीमा यसै क्षेत्रका स्थानीयलाई प्राथमिकता दिइने मन्त्री खाँणले आश्वासन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार