Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गृहमन्त्री खाँणको निर्देशनपछि कालीकोट विष्फोटका घाइतेको हेलिकोप्टरबाट उद्धार

    गृहमन्त्री खाँणको निर्देशनपछि कालीकोट विष्फोटका घाइतेको हेलिकोप्टरबाट उद्धार

    अनलाइन नेपाल
  • शनिबार, १२ कार्तिक २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कालिकोटको तिलागुफा नगरपालिका १० रानावाडामा विष्फोटक वस्तु पड्किदा गम्भीर घाइते भएकाहरू बालबालिकाको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

    नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएकाले त्यसका कुनै कसुर बाँकी नराख्न गृहमन्त्री खाँणले निर्देशन दिएका हुन् । गृहमन्त्री खाँणको निर्देशनपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर कालिकोट पुगेर अवतरण गरिसकेको छ ।



    विष्फोटक पदार्थ विष्फोट हुँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको र चार जना गम्भीर घाइते भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।



    तिलागुफा १० कि ४ वर्षकी झरना थापाको उपचारका क्रममा मृत्यु भएको हो। घटनामा सोही ठाउकै ७ वर्षका कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा तथा ४ वर्षकी सरस्वती राना गम्भीर घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार