Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पिकनिक खान गएका दुई जना भेरी नदीमा बेपत्ता

    पिकनिक खान गएका दुई जना भेरी नदीमा बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, १२ कार्तिक २०७९
  • 921
    SHARES

    फाइल तस्विर

    वीरेन्द्रनगर । वीरेन्द्रनगरबाट पिकनिक खान गएका दुई जना भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका छन्।

    बेपत्ता हुनेमा वीरेन्द्रनगर नगरपालिका–३ का १९ वर्षीय दीपक थापा र १९ वर्षीय चन्द्र बिसी छवि रहेका छन् ।



    उनीहरू शनिबार दिउँसो ३ बजेदेखि भेरी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।



    उनीहरूको समूह भेरीगंगा नगरपालिकाको सत्तरी नजिकै पिकनिक खान गएका थिए ।

    उनीहरूको खोजी कार्यका लागि प्रहरी खटिएको र अहिलेसम्म कुनै अत्तोपत्तो नलागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार