Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यूएईसँग घरेलु मैदानमा तीन ‘वान डे’ सिरिज खेल्दै नेपाल

    यूएईसँग घरेलु मैदानमा तीन ‘वान डे’ सिरिज खेल्दै नेपाल

    अनलाइन नेपाल
  • सोमबार, १४ कार्तिक २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले युनाइटेड अरब इमिरेट्स (यूएई) सँग तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला खेल्ने भएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले यूएईसँग कार्तिक अन्तिम सातादेखि एकदिवसीय शृङ्खला खेल्ने भएको हो । क्यानले यूएईविरुद्ध हुने सिरिजको खेल तालिका सोमबार जारी गरेको हो ।



    कीर्तिपुरस्थित टीयू मैदानमा खेल हुनेछ । जस अनुसार पहिलो वान डे कात्तिक २८ मा हुनेछ भने दोस्रो वान डे कात्तिक ३० मा हुनेछ ।



    तेस्रो तथा अन्तिम खेल मंसिर २ मा हुनेछ । नेपालका यी खेल नामिबियामा हुने त्रिकोणात्मक ‘वान डे’ सिरिजको तयारी हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार