Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बुटवलमा निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा बैठक सुरू, गृहमन्त्री खाँणद्धारा उद्‌घाटन

    बुटवलमा निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा बैठक सुरू, गृहमन्त्री खाँणद्धारा उद्‌घाटन

    अनलाइन नेपाल
  • बुधबार, १६ कार्तिक २०७९
  • 714
    SHARES

    बुटवल । प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई लक्षित गरी लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठक बुटवलमा सुरु भएको छ ।

    प्रदेशका १२ वटै जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुख र प्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता रहेको वैठक सुरु भएको हो ।



    बैठक उद्‌घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।



    उनले भने, ‘राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ।’

    स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबैको सहयोग रहेजस्तै आगामी निर्वाचन पनि सबैको सहयोगमा शान्तिपूर्ण हुने उनले बताए ।

    गृहमन्त्री खाँणले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताउँदै नागरिकको सुरक्षा र सम्पत्तिको रक्षाका लागि सरकार सधैँ प्रतिवद्ध रहेको उल्लेख गरे ।

    सुरक्षा बैठकमा प्रदेशको सुरक्षा अवस्था र आगामी निर्वाचनबारे छलफल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार