Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • टी–२० विश्व कप : दक्षिण अफ्रिकालाई हराउँदै पाकिस्तान विजयी

    टी–२० विश्व कप : दक्षिण अफ्रिकालाई हराउँदै पाकिस्तान विजयी

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 705
    SHARES

    काठमाडौं । आईसीसी टी–२० विश्व कप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ३३ रनले पराजित गरेको छ ।

    दक्षिणी अफ्रिकाले सिड्नी क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याइरहँदा पानी परेपछि खेल केहीबेर अवरुद्ध बनेको थियो ।



    टस जितेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १८५ रन बनाएको थियो ।



    पाकिस्तानले दिएको १८६ रनको लक्ष्य पछ्याइरहँदा ९ ओभरमा पानी परेपछि दक्षिण अफ्रिकाले डीएलएस पद्धतिअनुसार १४ ओभरमा १४२ रनको लक्ष्य पाएको थियो । तर, दक्षिण अफ्रिकाले १४ ओभरमा नौ विकेट गुमाएर १०८ रनमात्र बनाउन सक्यो ।

    जितसँगै समूह ‘२’ मा पाकिस्तान चार खेलमा चार अङ्कसहित तेस्रो स्थानमा उक्लिएको छ । पाँच अङ्क रहेको दक्षिण अफ्रिका दोस्रो स्थानमा यथावत् छ ।

    पाकिस्तान सेमिफाइनलमा पुग्ने गणितीय सम्भावना कायमै छ । पाकिस्तानले आफ्नो अन्तिम खेलमा आइतवार बङ्गलादेशसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार