Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • टी–२० विश्व कप : आयरल्याण्डलाई हराउदै न्युजिल्याण्ड सेमिफाइनलमा

    टी–२० विश्व कप : आयरल्याण्डलाई हराउदै न्युजिल्याण्ड सेमिफाइनलमा

    अनलाइन नेपाल
  • शुक्रबार, १८ कार्तिक २०७९
  • 675
    SHARES

    काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटमा न्युजिल्याण्डले शुक्रबार आयरल्याण्डलाई ३५ रनले पराजित गरेको छ ।

    न्युजिल्यान्डले दिएको एक सय ८६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५० रनमात्र बनाउन सक्यो । उसका लागि पउल स्टर्लिङले ३७ र एन्ड्रियु बलबिर्नेले ३० रन बनाए ।



    बलिङतर्फ लकी फर्गुसनले तीन तथा टिम साउथी, मिचेल स्यान्टनर र इश सोधीले दुई–दुई विकेट लिए ।



    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ८५ रन बनायो । उसका लागि केन विलियमसनले ६१, फिन एलेनले ३२ र ड्यारी मिचेलले नटआउट ३१ रन बनाए ।

    यो जितसँगै न्युजिल्यान्ड पाँच खेलमा सात अङ्कसहित समूह-१ को तालिकाको शीर्ष स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार