Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • ४७ अंकले बढ्यो नेप्से, ४ अर्ब २३ करोडको कारोबार

    ४७ अंकले बढ्यो नेप्से, ४ अर्ब २३ करोडको कारोबार

    अनलाइन नेपाल
  • शुक्रबार, १८ कार्तिक २०७९
  • 738
    SHARES

    फाइल फोटो

    काठमाडौं । यस साता सेयर बजार सूचक नेप्सेमा ४७ अंकको वृद्धि भएको छ । लामो समयपछि केही सुधारात्मक संकेत देखिएको यस हप्ता ४७ अंकले बढ्दै १९२२.१६ अंकमा उक्लिएको हो ।

    ४७ अंकले बढेको यस हप्ता कारोबार रकममा समेत बढोन्नती आएको छ । तिहार तथा छठपछि सोमबारदेखि बिहीबार चार दिन खुलेको बजारमा कुल ४ अर्ब २३ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।



    सबैभन्दा बढी मंगलबार अर्थात् कात्तिक १६ गते १ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । साताको तीन दिन लगातार बढेको नेप्सेमा अन्तिम दिन बिहीबार भने १६ अंकले घटेको छ ।



    शुक्रबार ८५ करोड ४५ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । तथापि, सबैभन्दा बढी कात्तिक १५ गते (मंगलबार) ५६.१ अंकले नेप्से सूचक वृद्धि भएको थियो ।

    साताको तीन दिन लगातार बढेको नेप्सेमा अन्तिम दिन बिहीबार भने १६ अंकले घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार