Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • टी–२० विश्व कप : अफगानिस्तानमाथि आयोजक अष्ट्रेलियाको रोमाञ्चक जित

    टी–२० विश्व कप : अफगानिस्तानमाथि आयोजक अष्ट्रेलियाको रोमाञ्चक जित

    अनलाइन नेपाल
  • शुक्रबार, १८ कार्तिक २०७९
  • 654
    SHARES

    काठमाडौं । आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेटमा घरेलु टोली आयोजक अष्ट्रेलियाले अफगानिस्तानमाथि रोमाञ्चक जित निकालेको छ ।

    एडिलेटमा शुक्रबार भएको रोमाञ्चक खेलमा अष्ट्रेलियाले अन्तिम ओभरमा मात्र ४ रनले जित हात पारेको हो ।



    अष्ट्रेलियाले पहिले ब्याटिङ गदै १ सय ६९ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रनमात्र बनाउन सक्यो ।



    यो जितसँगै अस्ट्रेलिया पाँच खेलमा सात अङ्कसहित समूह ‘ए’ को तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अस्ट्रेलियाले सेमिफाइनल खेल्ने सम्भावना कायमै राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार