Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : फुलहममाथि म्यानचेस्टर सिटीको जित

    इंग्लिस प्रिमियर लिग : फुलहममाथि म्यानचेस्टर सिटीको जित

    अनलाइन नेपाल
  • आइतबार, २० कार्तिक २०७९
  • 669
    SHARES

    एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलहममाथि जित निकालेको छ।

    इतिहाद स्टेडियममा सम्पन्न खेलमा १० खेलाडीमा समेटिएको सिटीले फुलहममाथि २-१ गोलअन्तरले जित निकालेको हो ।



    म्यानचेस्टरको जितमा जुलियन अल्भारेज र अर्लिङ हल्याण्डले गोल गरे । फुलहमका तर्फबाट पेनाल्टीमार्फत आन्द्रेस परेइराले गोल गरे ।



    जितसँगै १३ खेलबाट ३२ अंक जोडेको सिटी अंकतालिकाको शीर्षस्थानमा छ।

    दोस्रो स्थानमा रहेको आर्सनलले १२ खेलबाट ३१ अंक जोडेको छ। फुलहम भने १४ खेलबाट १९ अंक जोडेर तालिकाको आठौं स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार