Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गायक प्रकाश दूतराजले गरे आत्महत्या प्रयास

    गायक प्रकाश दूतराजले गरे आत्महत्या प्रयास

    अनलाइन नेपाल
  • सोमबार, २१ कार्तिक २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । चर्चित गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेका छन् ।

    सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया गएका उनले स्थानीय समयअनुसार हिजो राति २ बजे झुण्डिने प्रयास गरेका हुन् ।



    गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टका लागि गत २० अक्टोबरमा अष्ट्रेलिया गएका थिए । त्यहाँ उनीहरू दुवैलाई आयोजकले एउटा फ्ल्याट लिएर राखेको थियो ।



    सोही फ्ल्याटको आफू सुत्ने कोठामा दूतराजले झुण्डिने प्रयास गरेका हुन् । उनको कोठाको ढोका खुल्लै थियो ।

    झुण्डिने प्रयासका क्रममा भूमिकाले थाहा पाएपछि उनको कोठामा प्रवेश गरी उद्धार गरेको जनाइएको छ ।

    उनले गाएका ‘घर कता हो बैनीको…’ ‘जाम भो माइली…’ ‘चोली मैलै भो…’, ‘रेलिमाई…’ लगायत गीतहरू चर्चित छन् । उनले आत्महत्या प्रयास गर्नुको कारण खुलाएका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार