Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा

    पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 981
    SHARES

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसै साता पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि अन्तिम टोली घोषणा गरेको छ ।

    नेपालले पाकिस्तानसँग कार्तिक ३० गते मंगलबार मैत्रीपूर्ण खेल खेल्दैछ । दशरथ रंगशालामा हुने खेलका लागि प्रवेश कटुवाललाई प्रशिक्षकको जिम्मेवारी दिइएको छ । प्रशिक्षक कटुवालले गत साता ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए ।



    एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको जनाएको छ ।



    एन्फाले टिकट काटेर हेर्ने एक भाग्यशाली दर्शकले कतारमा आयोजना हुने फिफा विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट पाउने जनाएको छ ।

    अन्तिम टोली :

    गोलरक्षक : विशाल श्रेष्ठ, विकेश कुथु र दीप कार्की

    डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निशान खड्का

    मिडफिल्डर : तेज तामाङ, सेसेहाङ आङदेम्बे, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट, आवास लामिछाने

    फरवार्ड : अन्जन विष्ट, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, ऋतिक खड्का, सुजल श्रेष्ठ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार