Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रिमियर लिग : म्यानचेस्टरसँग फुलह्याम पराजित, ब्राइटनमाथि भिल्लाको जित

    प्रिमियर लिग : म्यानचेस्टरसँग फुलह्याम पराजित, ब्राइटनमाथि भिल्लाको जित

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 927
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

    गएराति भएको खेलमा युनाइटेडका लागि क्रिस्टियन एरिक्सनले १४औँ र इन्जुरी समयमा एलेजान्ड्रो गर्नाचोले गोल गरे ।



    फुलह्यामका लागि ६१औँ मिनेटमा डानिल जेम्सले गोल गरे । जितसँगै युनाइटेड १४ खेलमा २४ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ । फुलह्याम १९ अङ्क जोडेर नवौँ स्थानमा रहेको छ ।



    ईपीएल अन्तर्गत गएराति भएको अर्को खेलमा एस्टन भिल्लाले ब्राइटनलाई २–१ गोलले पराजित गरेको छ । भिल्लाका लागि दुवै गोल ड्यानी इन्ग्सले गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार