Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • चिनियाँ प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघीय महासचिवबीच भेटवार्ता

    चिनियाँ प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघीय महासचिवबीच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 585
    SHARES

    एजेन्सी । चिनियाँ प्रधानमन्त्री लि खछ्याङ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ ।

    उनीहरुका बीचमा बहुपक्षी विषयका साथै जलवायु परिवर्तनका विषयमा कुराकानी भएको बताइएको छ ।



    त्यस अवसरमा उनीहरुका बीचमा विश्व शान्ति र विकासका क्षेत्रमा संयुक्त राष्ट्रसंघको भूमिकाका विषयमा कुराकानी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले बताएको छ ।



    चीन संयुक्त राष्ट्रसंघको स्थायी सदस्यका साथै विश्वको एक आर्थिक शक्ति राष्ट्रका रुपमा संयुक्त राष्ट्रसंघसँग निरन्तर सम्पर्कमा रहिरहने पनि प्रधानमन्त्री खछ्याङले जानकारी दिएका थिए ।

    भेटका अवसरमा महासचिव गुटरेसले विश्वमा जलवायु परिवर्तनका क्षेत्रमा पर्दै गएको असरका बारेमा चीनसँग आफ्ना धारणा राखेका थिए । यसतर्फ विश्वलाई नै सचेत गराउनुपर्ने आवश्यकता रहेकोमा महासचिव गुटरेसले चिनियाँ प्रधानमन्त्री खछ्याङको ध्यानाकर्षण गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार