Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच ‘मर्जर’ सम्झौतामा हस्ताक्षर

    ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच ‘मर्जर’ सम्झौतामा हस्ताक्षर

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 723
    SHARES

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभिनका लागि सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

    समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।



    यसअघि ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मूल्यांकन कर्ताबाट प्राप्त चलरअचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् ।



    मर्जरपश्चात बैंकको कुल पुँजी ५७ अर्ब, चुक्ता पूँजी ३५.७७ अर्ब, कुल निक्षेप ४०० अर्ब, कुल कर्जा ३७९ अर्ब भन्दा बढी पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबभन्दा ठूलो बैंक दुई बैंकले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

    नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् ।

    त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा ग्लोबलका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार