Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • उद्योगमन्त्री बडुका स्वकीय सचिवले कांग्रेसकै नेतामाथि गरे बोतल प्रहार

    उद्योगमन्त्री बडुका स्वकीय सचिवले कांग्रेसकै नेतामाथि गरे बोतल प्रहार

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 630
    SHARES

    दार्चुला । दार्चुलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूका स्वकीय सचिवले कांग्रेसकै नेतामाथि बोतल प्रहार गरेका छन् ।

    दार्चुलाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका बडूका स्वकीय सचिव रुपेश विष्टको बोतल प्रहारबाट कांग्रेस क्षेत्रिय समिति सदस्य राजेन्द्र विष्टमाथि बोतल प्रहार गरेका हुन् ।



    सोमबार साँझ गोकुलेश्वर बजारको एक होटलमा मदिरा सेवन गरिरहेका बेला आपसी विवादका क्रममा स्वकीय सचिव विष्टले क्षेत्रिय समिति सदस्यमाथि बोतल प्रहार गरेको प्रहरीले जनाएको छ ।



    बोतल प्रहारबाट घाइते भएका विष्ट गोकुलेश्वर अस्पतालमा उपचारपछि सोमबार साँझ नै डिस्चार्ज भइसकेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार