Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • विधानअनुसार पार्टी चल्न सकेन, भातृ संगठनमा मनोमानी भयो : दिलेन्द्रप्रसाद बडू

    विधानअनुसार पार्टी चल्न सकेन, भातृ संगठनमा मनोमानी भयो : दिलेन्द्रप्रसाद बडू

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले नेपाली कांग्रेस पार्टी विधान अनुसार चल्न नसकेको बताएका छन् ।

    काठमाडौंमा आयोजित १४औं महाधिवेशनको ‘संकल्प, उत्साह, एकता र रुपान्तरण’ विषयक विचारक गोष्ठीमा बोल्दै नेता बडूले यस्तो बताएका हुन् ।



    रुपान्तरण अभियानका विषयमा हामी गम्भीर ढंगले केन्द्रित हुनुपर्ने बताउँदै उनले पार्टी आफ्नो विधान अनुसार चल्न नसकेको दाबी गरे ।



    उनले भने, ‘नेविसंघ, तरुण दललगायतका भातृ संगठनमा मनोमानी भएको छ। भाद्र १५ गतेभित्र सबै भातृसंगठनको पूर्णता पाएको छैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार