Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विपक्षी पार्टीको चुनावी नतिजा सोचेभन्दा धेरै कम आउने गृहमन्त्री खाँणको दाबी

    विपक्षी पार्टीको चुनावी नतिजा सोचेभन्दा धेरै कम आउने गृहमन्त्री खाँणको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 567
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले आसन्न निर्वाचनबाट नेपाली कांग्रेस देशको ठूलो राजनीतिक पार्टी बन्ने र गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् ।

    रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवारसमेत रहेका खाँणले विपक्षी दलहरूले सोचेको र देखाएको तामझामअनुसारको निर्वाचन नतिजा नआउने बताएका हुन्।



    उनले भने, हामीले जनमत सर्वेका तथ्यांकहरू विश्लेषण गर्दा नेपाली कांग्रेस ठूलो पार्टी बन्छ। कांग्रेस लगायतको गठबन्धनको सरकार बन्छ। विपक्षी दलहरूले जस्तो सोचिरहनुभएको त्यो नतिजा आउँदैन, उहाँहरूले सोचेको भन्दा धेरै कम मात्र नतिजा आउँछ। किनभने सत्ता गठबन्धनको तथ्यांक स्थानीय निर्वाचनदेखि अहिलेसम्म हेर्दा मत सर्वेमा पनि सत्ता गठबन्धन अघि नै छ।’



    त्यस्तै, आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहीत बनाउन सरकारले आवश्यक सुरक्षा व्यवस्था परिचालन गरिसकेको बताएका छन्।

    गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनको अनुभवबाट सिकेर सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई भयरहीत वातावरणमा निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक राज्य शक्तिको परिचालन गरिएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार