Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • चितवनमा साम्राज्ञी र पुष्पकाे फिल्म ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो हुने

    चितवनमा साम्राज्ञी र पुष्पकाे फिल्म ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो हुने

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 714
    SHARES

    चितवन । पुस २९ गते रिलिज हुने साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’ प्रिमियर शो चितवनमा हुने भएको छ ।

    लक्की मिडिया हाउस चितवनको आयोजनामा २७ पुस साँझ ६ बजे चितवनमा कलाकारहरुको साथमा प्रिमियर शो हुने मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ’लक्की’ले जानकारी दिए ।



    फिल्ममा साम्राज्ञी तथा पुष्पसहित सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपीशा केसी, खड्कबहादुर पुन ‘खबपु’को अभिनय छ । फिल्म सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले लेखेका हुन् ।



    आर्यन फिल्मस् र बोधी एचडीको ब्यानरमा निर्माण भएको फिल्ममा पासाङ लामा निर्माता हुन भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह–निर्माताका रूपमा रहेका छन् । यसैगरी सविर श्रेष्ठ सिनेमाका कार्यकारी निर्माता हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार