Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • आज मंसिर २ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

    आज मंसिर २ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 804
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज २०७९ साल मंसिर २ गते शुक्रबारको राशिफल ।

    मेष : पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। मन प्रसन्न हुनेछ। आयआर्जन निकै राम्रो छ। दाम्पत्य जीवन सन्तोषजनक रहनेछ।



    वृष : बोल्दा ख्याल गर्नुहोला। प्रेममा धोका पाइनेछ। वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।



    मिथुन : सोचे अनुसार काम नहुँदा मन खिन्न हुनेछ। भविष्यका लागि सोचिने कामबाट भने फाइदा लिन सकिनेछ।

    कर्कट : दिन सामान्य राम्रो छ। प्रेममा सफलता मिल्नेछ। शत्रु बढ्नेछन्।

    सिंह : पुराना रोगबाट छुटकारा मिल्नेछ। प्रसन्नता बढ्नेछ। स्वास्थ्यमा समस्या देखिन्छ।

    कन्या : दिन सन्तोषजनक रहेको छ। ज्ञानको उदय हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। अचानक लाभ हुनेछ।

    तुला : शिक्षामा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या देखिनेछ। तर, शत्रु निस्तेज हुनेछन्।

    वृश्चिक : पुराना घाउ बल्झने सम्भावना छ। धार्मिक क्षेत्रमा मन जानेछ। बोल्दा ख्याल गर्नुहोला।

    धनु : सचेत भएर मात्र काम गर्नु उपयुक्त हुन्छ। झुठा आरोप लाग्नेछ।

    मकर : मानसिक विचलन हुने देखिन्छ। शनिबार वरपिपलमा जल चढाउनुहोला।

    कुम्भ : आफन्तबाटै आरोप खेप्नुपर्नेछ। सम्पत्ति आर्जन हुनेछ।

    मीन: भगवान शिवजीको स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ। खर्च बढ्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार