Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौं-२ मा घन्टीको दोस्रो जित, सोविता गौतम निर्वाचित

    काठमाडौं-२ मा घन्टीको दोस्रो जित, सोविता गौतम निर्वाचित

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 747
    SHARES

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम निर्वाचित भएकी छिन् ।

    घन्टी चुनाव चिह्न भएकी २७ वर्षीया गौतम आफ्ना निकट प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतले हराउँदै विजयी भएकी हुन् ।



    निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणामअनुसार गौतमले १५ हजार २२९ मत पाएकी छन् । उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११ हजार ५५५ मत प्राप्त गरे ।



    उनीहरूको मतान्तर ३ हजार ६७४ रहेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल तेस्रो स्थानमा छिन् । उनले ११ हजार ४१४ मत ल्याएकी छन्।

    गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती ९ हजार ४४८ मत ल्याउँदै चौथो स्थानमा छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार