Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मकवानपुर १ मा डिनालाई पछि पार्दै राप्रपाका सिंह अगाडि

    मकवानपुर १ मा डिनालाई पछि पार्दै राप्रपाका सिंह अगाडि

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 831
    SHARES

    हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ मा सुरुदेखि तेश्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंहले अग्रता लिएका छन् ।उनले १८ मतको अग्रता बनाएका हुन् ।

    पछिल्लो विवरण अनुसार उनले २३ हजार ३५८ मत पाएका छन् । सुरुदेखि नै अग्रता लिएकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले २३ हजार ३४० मत पाएकी छिन् ।



    नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट उठेका राप्रपा नेपालका कमल थापाले भने २२ हजार ६५८ मत पाएका छन् ।



    अब मकवानपुर उपमहानगरपालिकाको वडा नम्बर ९ र १० को मत गन्न बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार