Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कांग्रेसकी डिनासँग हार स्वीकार गर्दै थापाले भने – व्यक्ति हारे पनि लोकतन्त्र बलियो हुनुपर्छ

    कांग्रेसकी डिनासँग हार स्वीकार गर्दै थापाले भने – व्यक्ति हारे पनि लोकतन्त्र बलियो हुनुपर्छ

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिनिधिसभा चुनाव लडेका राप्रपा नेपालका कमल थापाले आफ्नो हार स्वीकार गरेका छन् ।

    मकवानपुर क्षेत्रनम्बर १ बाट चुनाव लडेका थापा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) ले अग्रता लिइरहेकी छन् ।



    डिनाले २० हजार ९७० मत पाउँदा थापाले १९ हजार ९१८ मत पाएका छन् । तर थापाले अन्तिम मत परिणाम सार्वजनिक हुनु अघि नै आफ्नो पराजय स्वीकार गरेका हुन् । सो क्षेत्रमा अझै करिब १० हजार मत गणना बाँकी छ ।



    उनले सामाजिक सञ्जालमार्फत पराजयलाई स्वीकार गर्दै लेखेका छन्, ‘पराजयलाई सहर्ष स्विकार गर्दछु । हामीलाई मतदिनु हुने सबैमा आभार । सूर्य चिन्ह लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा एमालेलाई धन्यवाद । चुनावमा रातदिन नभनी ईमान्दारपुर्वक खट्ने एमालेका सम्पूर्ण कमरेडहरु,राप्रपा नेपालका साथीहरु प्रति आभारी छु । देश र जनताको हितमा निरन्तर सक्रिय रहने छु । २०७९ सालको चुनावले सकारात्मक परिवर्तनको पक्षमा दिएको सशक्त सन्देशलाई सबैले मनन गर्नु जरुरी छ । प्रजातान्त्रिक अभ्यासमा हारजित स्वभाविक हो । व्यक्ति हारेपनि देश,जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ ।’

    यस्तै उनले सनातन धर्म, संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने केही खिन्नता लागेको समेत उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार