Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मकवानपुर १ मा कमल थापा र डिनालाई हराउँदै राप्रपाका सिंह निर्वाचित

    मकवानपुर १ मा कमल थापा र डिनालाई हराउँदै राप्रपाका सिंह निर्वाचित

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 972
    SHARES

    काठमाडौं ।  प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दिपकबहादुर सिंह निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धन र एमाले-राप्रपा नेपालको गठबन्धनलाई चकित पार्दै जित हासिल गरेका हुन् ।

    सिंह २७ हजार ८१६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ ले २५ हजार ४३४ मत प्राप्त गरिन् ।



    सोही क्षेत्रमा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४२० मत प्राप्त गरे । लामो समय राप्रपाको नेतृत्व गरेका कमल थापाले केही अघि सो पार्टी परित्याग गरी राप्रपा नेपाल गठन गरेका थिए ।



    तेस्रो नम्वरमा रहेका सिंह हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएपछि उकालो लाग्न थालेका थिए । हेटौंडा ९ र १० नम्वर वडाको मत गन्न बाँकी रहँदा सिंह १८ मतले अघि बढे । अन्ततः२ हजार ३९६ मतान्तरमा विजयी भएरै छोडे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार